Networking and Telecommunications Technology
![]() |
Star Topology |
अभ्यास
तलका प्रश्नहरूका उत्तर दिनुहोस्।क) सञ्चारका परिभाषा लेखी यसका प्रकारहरू उल्लेख गर्नुहोस्।
उत्तर :- दुई वा दुई भन्दा बढी मानिसहरूसित डेटा ( Data)र सूचना आदानप्रदान गर्नु वा कुराकानी गर्नु लाई सञ्चार भनिन्छ । सञ्चार माध्यम दुई प्रकारका हुन्छन्। जुन निम्नअनुसार छन्:
अ) एकतर्फी (Simplex Mode)
आ दुईतर्फ (Duplex Mode)
i) Half Duplex Mode andii) Full Duplex Mode
ख) डेटा सञ्चारका घटकहरू (Components of Data Communication) लाई वर्णन गर्नुहोस्।
उत्तर : डेटा सञ्चारका घटकहरू यस प्रकार छन् :-
१. डेटा (Message):
प्रेषक (Sender) र प्रापक (Receiver) बीच सञ्चार (Communication) गर्न प्रयोग हुने सन्देश नै डेटा हो ।
२. प्रेषक (Sender):
यो डिभाइस (Device) सन्देश पठाउन प्रयोग हुन्छ ।
३. माध्यम (Medium):
यो माध्यम (Chanel) को प्रयोगले प्रापक सँग सञ्चार गर्न सहयोग गर्दछ ।
४. प्रापक (Receiver):
यो डिभाइस (Device) प्रेषकले पठाएको सन्देश प्राप्त गर्न प्रयोग हुन्छ ।
५. प्रोटोकल (Protocol):
प्रापक (Receiver) र प्रेषक (Sender) बीचको सञ्चार हुनको लागी अपनाउनु पर्ने नियमहरूको समूह नै प्रोटोकल हो ।
ग) कम्प्युटर सञ्जाल भनेको के हो ? छोटकरीमा उल्लेख गर्नुहोस् ।
उत्तर: दुई वा दुईभन्दा बढी कम्प्युटरहरूलाई तार वा तार विना एक आपसमा सूचनाहरू आदानप्रदान गर्न जोडिने व्यवस्थालाई कम्प्युटर सञ्जाल (Computer Network) भनिन्छ । छोटकरीमा कम्प्युटर सञ्जाल भनेको दुई वा दुईभन्दा बढी कम्प्युटरहरूको Interconnection हो ।
घ) तारबाट हुने सञ्चारहरूको वर्णन गर्नुहोस् ।
उत्तर : तारबाट हुने सञ्चार (Wired/ Guided/ Communications) सूचनाहरू वा डेटाहरू आदानप्रदान गर्न तारको प्रयोगबाट गरिने विधिलाई तारबाट हुने सञ्चार भनिन्छ । जुन यस प्रकार छन् :-
क) ट्वीस्टेड पेयर केबल (Twisted Pair Cable) :
यो तामाको तारबाट बनेको बटारिएको जोडी तार हो। यो डेटा र आवाज आदानप्रदान गर्न उपयुक्त हुन्छ । यो दुई प्रकारको हुन्छ :-
अ) Unshielded Twisted Pair Cable:
यो डेटा र आवाज (Data and Voice) आदानप्रदान गर्न उपयुक्त हुन्छ। यो सानो क्षेत्रमा कम्प्युटर सञ्जाल निर्माणका लागी प्रयोग गरिन्छ ।
आ) Shielded Twisted Pair Cable :
यो UTP जस्तै हुन्छ, जसमा एउटा Plastic Coating गरिएको हुन्छ । यसको डेटा ट्रान्सफर गर्ने क्षमता १० देखि ५०० MBPS हुन्छ ।
ख) को-एक्जियल केबल (Co-axial cable) :-
यो केबल तामा वा अल्मुनियमको तारलाई इन्सुलेटरले (Insulator) बेरेर यसमा बाहिरबाट तारको जालीले बेरेको हुन्छ ।
ग) फाईवर ओप्टिक्स केबल (Fiber Optics Cable) :
फाइबर ओप्टिक्स केबल भनेको एक वा एकभन्दा बढी राै जस्तो पातलो काँचको धागो (Glass Fiber) को मुठालाई सुरक्षित बस्तुले ढाकिएको डेटा पठाउन र प्राप्त गर्न प्रयोग हुने साधन हो । यसमा डेटालाई सबैभन्दा छिटो गतिमा सञ्चार गर्न सकिन्छ।
ङ) सञ्चार माध्यम भनेको के हो ? उदाहरण दिनुहोस् ।
उत्तर: डेटा वा सुचना आदानप्रदान गर्नको लागि प्रयोग गरिने कम्युनिकेशन लाइन, लिङ्क, मिडिया वा च्यानल लाई नै सञ्चार माध्यम भनिन्छ । उदाहरण :-
१. तारबाट हुने सञ्चार माध्यममा : Twisted Pair Cable, Co-axial cable, Fiber Optics Cable हुन भने
२. तार विना हुने सञ्चार माध्यमहरू : Radio wave, Micro-wave, Satellite Communication हुन् ।
च) नेटवर्क आर्किटेक्चर वा मोडेल भनेको के हो ? क्लाइन्ट सर्भर नेटवर्कका दुई सेवाहरू लेख्नुहोस् ।
उत्तर: नेटवर्क आर्किटेक्चर वा मोडेल भन्नाले कम्प्युटर नेटवर्कमा जोडिएका कम्प्युटरहरूले कसरी एक आपसमा सञ्चार गरी काम गर्दछ भन्ने बुझिन्छ । क्लाइन्ट सर्भर नेटवर्कका सेवाहरू यस प्रकार छन् :
१, यसले ठूलो भाैगोलिक क्षेत्रमा सेवा दिन सक्छ ।२. यसले नेटवर्क ट्राफिकलाई घटाउँछ ।
छ) कम्प्युटर नेटवर्कका चारवटा फाइदाहरू उल्लेख गर्नुहोस् ।
उत्तर: कम्प्युटर नेटवर्कका चारवटा फाइदाहरू यस प्रकार छन् :
१. नेटवर्कमा जोडिएका कम्प्युटरहरूले एक अर्काका हार्डडिस्क, प्रिन्टर, सफ्टवेयर, डेटा, आदी सेयर गरेर काम गर्न सक्छ ।२. नेटवर्कमा जोडिएका कम्प्युटरहरूले विश्वका जुनसुकै कुनामा रहेको भए तापनि आपसमा सूचनाहरू आदानप्रदान गर्न सक्छ ।३. नेटवर्कमा जोडिएका कम्प्युटरहरूले आफ्नो आवश्यकताअनुसार एक अर्काको डेटा वा सूचनाहरूलाई सच्याउन वा अद्यावधिक गर्न सक्छन् ।४. नेटवर्कका प्रयोगले कुनै एक नोडमा राखेको सफ्टवेयर कपी गरी अरू नोडहरूमा प्रयोग गर्न सकिन्छ । जसले गर्दा प्रत्येक नोडका लागी छुटै सफ्टवेयर किन्नु पर्दैन । त्यस कारण खर्चको बचत हुन्छ ।५. नेटवर्कले भण्डारण क्षमता बढाउँछ।
ज) दुईवटा उदाहरणसहित प्रोटोकल परिभाषा दिनुहोस् ।
उत्तर: सञ्जाल सफ्टवेयर (Network Software) प्रयोग गरी डेटा, सूचना वा प्रोग्रामहरू आदानप्रदान गर्न सहयोग पुर्याउने नियमहरूलाई प्रोटोकल भनिन्छ । उदाहरणहरू :
TCP/IP: Transmission Control Protocol/Internet ProtocolHTTP: Hyper Text Transfer ProtocolSMTP: Simple Mail Transfer ProtocolPOP: Post Office ProtocolFTP: File Transfer Protocol
उत्तर: कम्प्युटर नेटवर्क तिन प्रकारका हुन्छ:-
1. Local Area Network
2. Metropolitan Area Network
3. Wide Area Network
ञ) स्थानीय क्षेत्र सञ्जाल (Local Area Network) भनेको के हो ? यसका फाइदाहरू उल्लेख गर्नुहोस् ।
उत्तर: एकै भवन वा कोठा वा एक निश्चित सानो क्षेत्रभित्र रहेका विभिन्न कम्प्युटरहरूलाई तारले जोडी स्थापना गरिएका सञ्जाललाई Local Area Network भनिन्छ। यसका फाइदाहरू यस प्रकार छन्:-
# यसमा एउटा मुख्य कम्प्युटरबाट सबै कम्प्युटरलाई कन्ट्रोल Control गर्न सकिन्छ।# यसमा १० देखी १०० MBPS को वेगमा डेटा प्रसारण हुन्छ।
ट) टोपलाजी भनेको के हो? यसका प्रकार लेख्नुहोस्।
उत्तर: कम्प्युटर नेटवर्क निर्माण गर्न प्रयोग गरिने तार तथा उपकरणहरूको जडान गर्ने तरिकालाई टोपलाजी भनिन्छ। यो तिन प्रकारका छन्:
ठ) स्टार टोपलाजी चित्तसहित वर्णन गर्नुहोस्।१. बस टोपोलोजी (Bus Topology)२. रिङ्ग टोपोलोजी (Ring Topology)३. स्टार टोपलाजी (Star Topology)
उत्तर: सबै नोठ (Node) वा कम्प्युटरहरूलाई (Computer) एक केन्द्रीय संयन्त्र हब (Hub) सँग जोडन केबल वा UTP तारको प्रयोग गरिएको सञ्जाललाई स्टार टोपोलोजी (Star Topology) भनिन्छ।ड) इन्टरनेट भनेको के हो? यसका मुख्य सेवाहरू लेख्नुहोस्।
उत्तर: विश्वभरिका लाखाै कम्प्युटर सञ्जाल जस्तै LAN, MAN, WAN लाई TCP/IP (Transmission Control / Internet Protocol) प्रोटोकल माध्यमबाट जोडेर सूचना (Information) आदानप्रदान गर्नका लागी बनाइएका ग्लोबल सञ्जाललाई नै इन्टरनेट भनिन्छ । यसका मुख्य सेवाहरू यस प्रकार छन् :
१. वर्ल्ड वाइड वेब (World Wide Web)
२. इमेल (E-mail)
३. इ-फ्याक्स (E-Fax)
४. फाइल ट्रान्सफर प्रोटोकल(FTP-File Transfer Protocol)
५. सर्च इन्जिन (Search Engine)
६. च्याट (Chat)
७. अनलाइन बैङ्कीङ्ग (Online Banking)
८. इ-कमर्स (E-Commerce)
ढ) सर्च इन्जिन भनेको के हो? यसका प्रकारहरू लेख्नुहोस्।
उत्तर World Wide Web मार्फत सूचनाहरू खोजी गर्ने एउटा सञ्चार प्रोग्राम (Communicating Program) लाई सर्च इन्जिन भनिन्छ। सर्च इन्जिन धेरै प्रकारका पाइन्छ, जस्तै:
Google (www.google.com)Yahoo (www.yahoo.com)Bing (www.bing.com)Ask (www.ask.com)AltaVista (www.altavista.com)
ण) इमेल भनेको के हो? यसका फाइदाहरू लेख्नुहोस्।
उत्तर: इमेल एउटा विद्युतिय हुलाक सेवा हो जसले इन्टरनेटको प्रयोग गरी सन्देश वा सूचनाहरू लाइ छिटो, छरितो, सुरक्षित तरिकाले विश्वका जुनसुकै कुनामा पनि सजिलै पुर्याउन सक्छ। इमेलका फाइदाहरू यस प्रकार छन् :
१. इमेल सञ्चारमा सबैभन्दा छिटो र सस्तो साधन हो ।२. यसलाई कुनै पनि समयमा विश्वका कुनै पनि ठाउँबाट प्रयोग गर्न सकिन्छ।३. यो अन्य माध्यमभन्दा अधिक विश्वसनीय छ।४. एउटै इमेल फरक इमेल ठेगानामा पठाउन सकिन्छ।५. यसका माध्यमबाट audio, video, picture आदानप्रदान गर्न सकिन्छ।
त) इन्टरनेट प्रयोग गर्न चाहिने सामग्रीहरू के के हुन्।
उत्तर: इन्टरनेट प्रयोग गर्न चाहिने सामग्रीहरू यस प्रकार छन् :
१. कम्प्युटर सेट (Computer Set)
२. मोडेम (Modem), राउटर (Router), स्विच (Switch) आवश्यकताअनुसार
३. सफ्टवेयर (Software)
४. इन्टरनेट सर्विस प्रोभाइडर (ISP-Internet Service Provider Account) एकाउन्ट
५. तार वा विना तार कनेक्सन माध्यम (Wire or Wireless Connection medium) प्रविधि
२. खाली ठाउँ भर्नुहोस् :
क) Star टोपोलोजीमा नेटवर्कका साधनहरू हबसँग जोडिएका हुन्छन् ।
ख) Fiber Optics Cable सञ्चार माध्यमबाट डेटा प्रसारण तीव्र गतिमा हुन्छ।
ग) World Wide Web Internet को Service हो।
घ) Twisted Pair Cable bounded media हो।
ङ) Telnet remote login सेवा हो।
च) Windows NT, Linux नेटवर्क सफ्टवेयर हो।
छ) इन्टरनेटमा फाइलहरू एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा सार्न FTP को प्रयोग गरिन्छ।
ज) डेटाहरू प्रकाशका माध्यमबाट सञ्चार गर्न प्रयोग गर्ने माध्यम Fiber Optics Cable हो।
झ) Bridge उपकरण समान किसिमका नेटवर्कहरू जोडनका लागि प्रयोग गरिन्छ।
३. उपयुक्त प्राविधिक शब्द लेख्नुहोस्।
क) इन्टरनेट प्रोटोकल जसले फाइल अपलोड र डाउनलोडलाई सघाउँछ
-> FTP
ख) एउटा नियमहरूको समूह जसले कम्प्युटर नेटवर्कमा रहेका कम्प्युटरहरूका बीचमा हुने सूचना आदानप्रदान सम्बन्धी कार्य तय गर्दछ।
-> Protocol
ग) PC र टेलिफोन जोडन प्रयोग गरिने साधन
-> MODEM
घ) कम्प्युटर नेटवर्कमा रहेको मुख्य कम्प्युटर
-> Server Computer
ङ) LAN को भौतिक बनावट (Physical Layout of LAN)
-> Topology
च) Internet सुविधा प्रदान गर्ने कम्पनी
-> Internet Service Provider
छ) Computer सञ्जालमा अरू कम्प्युटरलाई विभिन्न सेवा प्रदान गर्ने कम्प्युटर
-> Host Computer
ज) सञ्चार माध्यमको डेटा प्रसारण गर्ने क्षमता
-> Bandwidth
झ) एक प्रकारको नेटवर्क जसले हरेक कम्प्युटर सर्भर र क्लाइन्ट को काम गर्न सक्छ
-> Peer to Peer Network
ञ) मेल (Mail) सर्भर (Server) वाट इमेल (Email) प्राप्त गर्न प्रयोग हुने प्रोटोकल
-> Post Office Protocol
४. विस्तृत रूप लेख्नुहोस्
i) ARPANET -> Advanced Research Project Agency Networkii) STP -> Shielded Twisted Pairiii) UTP -> Unshielded Twisted Pairiv) SMA -> Screw Mounted Adaptersv) SC -> Sub-scriber Connectorvi) NIC -> Network Interface Cardvii) MODEM -> Modulator and Demodulatorviii) LAN -> Local Area Networkix) MAN -> Metropolitan Area Networkx) WAN -> Wide Area Networkxi) TCP/IP -> Transmission Control Protocol/Internet Protocolxii) HTTP -> Hyper Text Transfer Protocolxiii) SMTP -> Simple Mail Transfer Protocolxiv) WWW -> World Wide Webxv) POP -> Post Office Protocolxvi) FTP -> File Transfer Protocolxvii) DARPA -> Defense Advanced Research Project Agencyxviii) ISP -> Internet Service Providerxix) ATM -> Automated Teller Machinexx) E-mail -> Electronic Mailxxi) E-fax -> Electronic faxxxii) URL -> Uniform Resource Locatorxxiii) E-commerce -> Electronic Commerce
५. सही उत्तर छान्नुहोस्।
क) कुनाचाँहि कम्युनिकेशन माध्यम होइन् ?
i) Wire ii) Microwaveiii) Satellite iv) NIC ✅
ख) कुन टोपोलोजीमा नेटवर्कका साधनहरू हबसँग जोडिएका हुन्छन् ?
i) Ring Topology ii) Bus Topologyiii) Star Topology ✅ iv) None of the above
ग) तलको कुन चाही इन्टरनेटसँग सम्बन्धित हुँदैन ?
i) ISP ii) TCP/IPiii) WWW iv) UPS ✅
घ) तल दिइएका मध्ये कुन चाही प्रोटोकल होइन ?
i) POP ii) TCP/IPiii) NOS ✅ iv) FTP
ङ) कुन सञ्चार माध्यमबाट डेटा प्रसारण तीव्र हुन्छ ?
i) Twisted Pair ii) Co-axial Cableiii) Fiber Optics ✅ iv) Microwave
च) कुन चाँहि Unguided माध्यम होइन ?
i) Fiber Optics ✅ ii) Microwaveiii) Infrared iv) Radio wave
छ) कुन चाँहि Internet को Service हो ?
i) IRC ii) Telnetiii) Email iv) All of the above ✅
ज) कुन चाँहि bounded media हो ?
i) Fiber Optics ✅ ii) Microwaveiii) Infrared iv) Laser
झ) Internet मा फाइलहरू एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा सार्न तलका मध्ये कुन प्रयोग गरिन्छ ?
i) FAQ ii) IRCiii) FTP ✅ iv) TPF
ञ) डेटाहरू प्रकाशका माध्यमबाट सञ्चार गर्न प्रयोग गर्ने माध्यम कुन हो ?
i) Microwave ii) Fiber Optics ✅iii) Radio wave iv) Satellite
ट) कुन चाही remote login सेवा हो ?
i) Video Conference ii) FTPiii) Telnet ✅ iv) TCP/IP
ठ) कुन चाही बाउनडेड मिडिया होइन ?
i) WIFI ✅ ii) Fiber Opticsiii) Twisted Pair iv) Co-axial
ड) तल दिइएका मध्ये कुन चाही नेटवर्क सफ्टवेयर हो ?
i) POP ii) FTPiii) TCP/IP iv) Unix ✅
ढ) तल दिइएका मध्ये कुन चाही उपकरण समान किसिमका नेटवर्कहरू जोडनका लागि प्रयोग गरिन्छ ?
i) Bridge ✅ ii) NICiii) Switch iv) Gateway
प्राविधिक पारिभाषिक शब्दहरू
तथ्याङ्क (Data) -- कुनै विषयवस्तुको अप्रशोधित तथ्यसूचना -- डेटालाई प्रशोधित गरी निकालिएको परिणाम
एकतर्फी सूचना प्रवाह - टेलिभिजन, रेडियो, पत्रपत्रिका जस्ता सञ्चार माध्यम
दुईतर्फ सूचना प्रवाह - मोबाइल, टेलिफोन र कम्प्युटरले सूचना लिने र दिने प्रक्रिया
डेटा सञ्चारका घटकहरू - डेटा, प्रेषक, माध्यम, प्रापक र नियम
कम्प्युटर सञ्जाल – दुई वा दुईभन्दा बढी कम्प्युटरहरूलाई सूचनाहरू आदानप्रदान गर्ने प्रक्रिया
सञ्चार माध्यम – सन्देश एक आपसमा प्रसारण गरी डेटा आदानप्रदान गर्ने कार्य
तारबाट हुने सञ्चार – डेटाहरू आदानप्रदान गर्न तारको प्रयोगबाट गरिने माध्यम
तारबिना सञ्चार – तार प्रयोग नगरी सुचनाहरू आदानप्रदान हुने सञ्चारको माध्यम
हब (Hub) – जोडने उपकरण, नेटवर्क घटकसँग जोडनका लागि धेरै पोर्टहरू भएको केन्द्रीय उपकरण
ब्रिज(Bridge) - दुईभन्दा बढी उस्तै प्रकारका सञ्जालहरूका बिचमा सम्पर्क गर्ने कार्य
स्विच (Switch) – डेटाहरू आदानप्रदान गर्न जोडिने यन्त्र
राउटर(Router) – डेटाहरू आदानप्रदान गर्न ढोका खोली प्रयोग गर्ने साधन
विस्तृत क्षेत्र सञ्जाल(WAN) - सबैभन्दा ठूलो कम्प्युटर नेटवर्किङ्ग
टोपोलोजी – नेटवर्क बनाउन तार तथा डिभाइसहरूको फरक फरक ढाँचा
प्रोटोकल – प्रोग्रामहरू आदानप्रदान गर्न सहयोग पुर्याउने नियम
इन्टरनेट – विश्वकै सबभन्दा ठूलो कम्प्युटर सञ्जाल
ईमेल(Email) - एउटा विधुतिय हुलाक
च्याट(Chat) - इन्टरनेटको माध्यमबाट विश्वमा रहेका व्यक्तिसँग कुराकानी गर्ने प्रक्रिया
Comments
Post a Comment