Networking and Telecommunications Technology

Star Topology अभ्यास तलका प्रश्नहरूका उत्तर दिनुहोस्। क) सञ्चारका परिभाषा लेखी यसका प्रकारहरू उल्लेख गर्नुहोस्। उत्तर :- दुई वा दुई भन्दा बढी मानिसहरूसित डेटा ( Data)र सूचना आदानप्रदान गर्नु वा कुराकानी गर्नु लाई सञ्चार भनिन्छ । सञ्चार माध्यम दुई प्रकारका हुन्छन्। जुन निम्नअनुसार छन्: अ) एकतर्फी (Simplex Mode) आ दुईतर्फ (Duplex Mode) i) Half Duplex Mode and ii) Full Duplex Mode ख) डेटा सञ्चारका घटकहरू (Components of Data Communication) लाई वर्णन गर्नुहोस्। उत्तर : डेटा सञ्चारका घटकहरू यस प्रकार छन् :- १. डेटा (Message): प्रेषक (Sender) र प्रापक (Receiver) बीच सञ्चार (Communication) गर्न प्रयोग हुने सन्देश नै डेटा हो । २. प्रेषक (Sender): यो डिभाइस (Device) सन्देश पठाउन प्रयोग हुन्छ । ३. माध्यम (Medium): यो माध्यम (Chanel) को प्रयोगले प्रापक सँग सञ्चार गर्न सहयोग गर्दछ । ...