Ethical and Social Issues in ICT

Social Media अभ्यास १. तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस्: क) कम्प्युटर नैतिकता भनेको के हो? यसका नीतिहरू लेख्नुहोस्। उत्तर: कम्प्युटर नैतिकता भन्नाले कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधि सम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ। यसका नीतिहरू यस प्रकार छन्: क) अरूका फाइल वा रेकर्डहरू नखोज्नू, नहेर्नू, प्रयोग नगर्नू, नबिचार्नू, नहटाउनू, कपी नगर्नू, अरू कसैको कम्प्युटर पासवर्ड नचोर्नू र प्रयोग नगर्नू । ख) ग्राहकहरूको व्यक्तिगत बैंङ्किङ्ग खाता नहेर्नू, नचोर्नू, नबिगार्नू, डिजिटल सही नचोर्नू र प्रयोग नगर्नू। ग) भाइरस बनाएर प्रयोग नगर्नू । घ) कम्प्युटरको गोपनीयता भङ्ग नगर्नू। ङ) झूटा व्यहोराका सूचना नदिनू। च) विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन नगर्नू। छ) कुनै पनि क्षेत्र वा संघ संस्थामा रहेका व्यक्तिगत वा सामूहिक रेकर...