Ethical and Social Issues in ICT: Scopes of Social Media

Social Media icons are represented for information.
Social Media Icons and their names represented for quick information. 

१. तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस्:

क)    कम्प्युटर नैतिकता (Computer Ethics) भनेको के हो? यसका नीतिहरू लेख्नुहोस्।

उत्तर: कम्प्युटर नैतिकता (Computer Ethics) भन्नाले कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधि सम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ। यसका नीतिहरू यस प्रकार छन्:

  • अरूका फाइल वा रेकर्डहरू नखोज्नू, नहेर्नू, प्रयोग नगर्नू, नबिचार्नू, नहटाउनू, कपी नगर्नू, अरू कसैको कम्प्युटर पासवर्ड नचोर्नू र प्रयोग नगर्नू ।
  • ग्राहकहरूको व्यक्तिगत बैंङ्किङ्ग खाता नहेर्नू, नचोर्नू, नबिगार्नू, डिजिटल सही नचोर्नू र प्रयोग नगर्नू।
  • भाइरस बनाएर प्रयोग नगर्नू ।
  • कम्प्युटरको गोपनीयता भङ्ग नगर्नू।
  • झूटा व्यहोराका सूचना नदिनू।
  • विद्य‌ुतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन नगर्नू।
  • कुनै पनि क्षेत्र वा संघ संस्थामा रहेका व्यक्तिगत वा सामूहिक रेकर्डहरू बिना अनुमति नहेर्नू, नसच्याउनू, नचोर्नू, नबिचार्नू।
  • विद्यालय वा क्याम्पसका विद्यार्थीहरूको रेकर्ड वा मार्क लेजर नचोर्नू, नहटाउनू, नसच्याउनू वा कुनै किसिमले नोक्सान नपुर्याउनू, आदी।
ख) डिजिटल नागरिकता (Digital Citizenship) वर्णन गर्नुहोस्।

उत्तर: डिजिटल नागरिकता (Digital Citizenship) भनेको डिजिटल समाजका जिम्मेवार व्यवहारको मापदण्डहरूमा प्रविधिको प्रयोग भन्ने बुझिन्छ।

ग) डिजिटल फुटप्रिन्ट (Digital Footprint) भनेको के हो? यसको व्यवस्थापन पक्ष उल्लेख गर्नुहोस्।

उत्तर: डिजिटल फुटप्रिन्ट (Digital Footprint) भन्नाले डिजिटल संसारसँग अन्तरक्रिया गरेको रेकर्ड भन्ने बुझिन्छ। यसको व्यवस्थापन पक्षहरू यस प्रकार छन्:

  • अनलाइन साथीहरू बनाउँदा निकै ख्याल पुर्याउनुपर्छ।
  • आफ्नो गोपनीयताको रक्षा गर्नु पर्छ।
  • अनलाइन पोस्ट गरेका कुराहरू प्राइभेट हुन भनि सम्झनु हुँदैन।
  • पोस्ट गरेका सामग्रीहरू अभिभावक, शिक्षक र अन्य सम्बन्धित व्यक्तिहरूले हेर्न सक्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।
  • आफ्नो प्रतिष्ठा सुरक्षित गर्नु पर्छ।
  • अरूलाई राम्रो व्यवहार गर्नुपर्छ।
घ) सुचना तथा सञ्चार प्रविधि नीति, २०७२ का चार वटा नितिहरू उल्लेख गर्नुहोस्।
उत्तर: यसका नितिहरु यस प्रकार छन्:
  • सूचना तथा सञ्चार प्रविधिमा पहुँच, माध्यम तथा विषयवस्तु विकाश
  • ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार
  • युवा, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूमा सूचना प्रविधिको पहुँच
  • शिक्षण अन्वेषण र विकासमा सूचना तथा सञ्चार प्रविधि
  • सूचना तथा सञ्चार प्रविधि सम्बन्धी उद्योग क्षेत्रको विकाश
ङ) सोसल मिडियाका (Social Media) केही अवसरहरू र फाइदाहरू उल्लेख गर्नु होस्।
उत्तर: 

Opportunities of Social Media

  1. सोसल मिडियाका कारण आज प्रत्येक मान्छे सूचना र सञ्चारको पहुँचमा पुगेको छ।
  2. सहर र गाउँ जहाँका मानिसहरू पनि सोसल मिडियाको कारण आफ्नो मनका कुरा संसार भरी फैलाउन सकेको छ।
  3. यसको सही प्रयोग भएमा सञ्चार जगतमा यो एक शक्तिशाली माध्यम हुनसक्छ।

Benefits of Social Media

  1. सशक्त माध्यम (Strong Medium)
  2. ब्रान्ड विकास हुनु (Brand Development)
  3. लक्षित दर्शक सम्म पुग्नु (Reach Target audience)
  4. ग्राहक अन्तरक्रिया राम्रो हुनु (Customer Interaction)
  5. वेबसाइट ट्राफिक बढ्नु (Website Traffic Increment)

च) दुई ओटा उदाहरणसहित सोसल मिडियाको (social media) परिभाषा दिनुहोस्।

उत्तर: समुदायमा आधारित, अन्तरक्रिया, सामाग्री साझेदारी र सहयोगका लागि समर्पित अनलाइन सञ्चार च्यानलहरूको सामूहिक रूप सोसल मिडिया हो। यसको प्रमुख उदाहरणका रूपमा फेसबुक (Facebook), ट्‍वीटर (Twitter),गुगल प्लस (Google Plus, Wikipedia, LinkedIn, Reedit, Pinterest छन्।

२. उपयुक्त प्राविधिक शब्द लेख्नुहोस्।

क) कम्प्युटर प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरूलाई धोखा हुने खालको खराब कामहरू नगर्ने, नियमहरू तथा त्यस सम्बन्धी अन्य कानुनहरू पालन गर्नु
उत्तर: कम्प्युटर नैतिकता (Computer Ethics)
ख) उपयुक्त जिम्मेवार पूर्ण व्यवहारका मापदण्डहरू जसमा प्रविधिको प्रयोग हुनु
उत्तर: डिजिटल सिटिजन्सिप (Digital citizenship)
ग) डिजिटल संसारसँग अन्तरक्रिया गरेको रेकर्ड राख्नु
उत्तर: डिजिटल फुटप्रिन्ट (Digital footprint)
घ) विधुतिय कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
उत्तर: विधुतिय कारोबार ऐन
ङ) समुदायमा आधारित, अन्तरक्रिया, सामाग्री साझेदारी र सहयोगका लागी समर्पित अनलाइन सञ्चार च्यानलहरूको सामूहिक रूप
उत्तर: सोसल मिडिया (social media)

३. खाली ठाउँ भर्नु होस् :

क) आइसिटी (ICT) को पुरा रूप Information and Communication Technology  हो।

ख) कम्प्युटर नैतिकता भन्नाले कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रविधि सम्बन्धी नीति नियमहरूको पालना गर्ने भन्ने बुझिन्छ।
ग) डिजिटल सिटिजन्सिप भन्नाले डिजिटल समाज (Digital Community) का लागि जिम्मेवार व्यवहारको मापदण्डहरूमा प्रविधिको प्रयोग हुनु भन्ने बुझिन्छ।
घ) डिजिटल फुटप्रिन्ट भनेको डिजिटल संसारसँग अन्तरक्रिया गरेको रेकर्ड राख्नु हो।
ङ) सूचना र सञ्चार प्रविधिमा भएको तीव्र विकाशले गर्दा आधुनिक विश्व नै Global Village मा रूपान्तरण भएको छ।
च) समुदायमा आधारित, अन्तरक्रिया, सामाग्री साझेदारी र सहयोगको लागि समर्पित अनलाइन सञ्चार च्यानलहरूको सामूहिक रूप स social media हो।

प्राविधिक पारिभाषिक शब्दहरू 

क) कम्प्युटर नैतिकता :-
कम्प्युटर प्रविधिको प्रयोग गर्दा प्रयोगकर्ताहरूले पालना गर्नु पर्ने नियमहरू तथा कानुनहरू 
ख) डिजिटल नागरिकता :-
उपयुक्त जिम्मेवार तथा व्यवहारका मापदण्डहरू 
ग) डिजिटल फुटप्रिन्ट :‍-
डिजिटल संसारसँग अन्तरक्रिया गरेको रेकर्ड राख्ने प्रक्रिया 
घ) सोसल मिडिया :-
समुदायमा आधारित र सहयोगका लागि समर्पित अनलाइन सञ्चार

Comments
Blank Square
Anonymous said…
Thankyou sir thankyou verymuch

Popular posts from this blog

Electronic Commerce: Advantage, Disadvantage and Limitation

Networking and Telecommunications Technology: Email Internet