Contemporary Technology: Artificial Intelligence and IOT
|
| An Infographic image of Contemporary Technology: Artificial Intelligence and IOT |
कक्षा १०, कम्प्युटर विज्ञान
एकाइ-५
Contemporary Technology Questions and Answers
१. तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस् :
क) क्लाउड कम्प्युटिङ्ग (Cloud Computing) भनेको के हो? कुनै दुई सेवाहरू लेख्नुहोस्।
उत्तर : क्लाउड कम्प्युटिङ्ग (Cloud Computing) भन्नाले इन्टरनेटको सहयोगबाट प्रदान गरिने एक प्रकारको कम्प्युटिङ्ग सेवा (Computing Service) हो। यसका मुख्य दुई सेवाहरू यस प्रकार छन् -
- कम्प्युटर (Server) मा भण्डारण (Storage) सेवा
- डेटाबेस (Database) सञ्जाल सफ्टवेयर सेवा
ख) कृतिम बुद्धि (Artificial Intelligence) भनेको के हो? यसका महत्त्वपूर्ण उदेश्यहरू लेख्नुहोस्।
उत्तर : आर्टिफिसियल इन्टेलिजेन्स् (Artificial Intelligence) भन्नाले कम्प्युटर प्रणालीको मार्फत आवश्यकता अनुरूप मानिसले जस्तै काम गर्न सक्ने क्षमता भन्ने बुझिन्छ। यसको महत्त्वपूर्ण उदेश्य युद्धमा, खतरनाक कार्यक्षेत्रहरूमा, प्राकृतिक विपत्तिहरू जस्ता घातक कार्यमा मानवलाई विस्थापित गर्नु हो।
ग) भर्चुअल वास्तविकता (Virtual Reality) भनेको के हो? यसका क्षेत्रहरू लेख्नुहोस्।
उत्तर : कम्प्युटरले उत्पन्न गरेको 3D Image वा वातावरण (Environment), जुन मानिसले विशेष इलेक्ट्रोनिक उपकरणहरू जस्तै विशेष हेलमेट वा सेन्सरहरूका साथमा पन्जाहरू प्रयोग गरेर भौतिक तरिकामा अन्तरक्रिया (Interact) गर्न सक्ने प्रविधि नै Virtual Reality हो।
वास्तुकला (Architecture), चिकित्सा (Medicine), कला (Art), खेलकुद (Sport), मनोरञ्जन (Entertainment) आदि क्षेत्रहरू यसले समेटेको छ।
घ) इ-गभरनेन्स (E-Governance) भनेको के हो? यसका महत्त्वपूर्ण सेवाहरू लेख्नुहोस्।
उत्तर : सरकारको कागजी कार्यप्रणालीलाई स्वचालित (Automation) र कम्प्युटर कृत (Computerization) गरी सरकारको कार्यप्रणालीलाई छिटो, छरितो, प्रभावकारी, उत्तरदायी, जबाफदेही, पारदर्शी र सहभागिता मूलक बनाई सुशासन (Good Governance) स्थापना गर्नु लाई नै E-Governance भनिन्छ।
ई-गभरनेन्सका सेवाहरू निम्नअनुसार छन् :
- Government to Citizens (G2C)
- Government to Business (G2B)
- Government to Government (G2G)
ङ) ई-गभरनेन्स (E-Governance) का चारवटा लक्ष्यहरू उल्लेख गर्नुहोस्।
उत्तर : ई-गभरनेन्सका लक्ष्यहरू यस प्रकार छन् -
- जनसहभागितामा वृद्धि गर्नु
- राम्रो व्यावसायिक / व्यापारिक वातावरण सिर्जना गर्नु
- सेवा ग्राहीलाई अनलाइन सुविधा उपलब्ध गराउनु
- सुशासनको प्रत्याभूति, जबाफदेहता, पारदर्शिता, कानुनी राज्य स्थापना, भ्रष्टाचार नियन्त्रण गर्न सहयोग गर्नु आदि
- सरकारी निकायहरूको उत्पादकत्व, प्रभावकारिता र कार्यदक्षता अभिवृद्धि गर्न
- पिछडिएका र सुविधिरहित वर्ग तथा समुदायको जीवनको गुणस्तरमा सुधार ल्याउनु
- सेवा, सुविधा तथा वस्तुहरूको सहज र प्रभावकारी वितरण
- कर्मचारीतन्त्रकी कार्य प्रणालीमा सुधार
- कागजरहित (Paperless) कार्य प्रणाली विकाश
|
| An Infographic image of Contemporary Technology Government to Government (G2G) Interactions listed. |
च) G2G भनेको के हो? चित्रसहित उल्लेख गर्नुहोस्।
उत्तर : G2G भनेको एउटा सरकार र अर्को सरकार बीच हुने अन्तरक्रिया वा सूचनाहरूको आदानप्रदानलाई जनाउँछ।
छ) मोबाइल कम्प्युटिङ्ग भनेको के हो? यसमा समावेश भएको मुख्य अवधारणाहरू लेख्नुहोस्।
उत्तर : मोबाइल कम्प्युटिङ्ग भन्नाले कुनै डेटा, आवाज (Voice) वा भिडियो (Video) लाई तार बिनाको यन्त्र (Device) बाट एक ठाउँबाट अर्को ठाउँमा डेटाहरू प्रसारण गर्न अनुमति दिनु भन्ने बुझिन्छ। यसमा समावेश भएका मुख्य अवधारणाहरू यस प्रकार छन् -
- मोबाइल सञ्चार (Mobile Communication)
- मोबाइल सफ्टवेयर (Mobile Software)
- मोबाइल हार्डवेयर (Mobile Hardware)
ज) इन्टरनेट अफ थिङ्गस् (Internet of Things) भनेको के हो? यसका महत्त्वहरू लेख्नुहोस्।
उत्तर : कुनै डिभाइस वा सेन्सर वा त्यस्तै प्रणाली आपसमा जोडिएर डेटा आदानप्रदान गर्न सक्छन् वा कुनै तोकिएका काम गर्न सक्छन् भने त्यसलाई इन्टरनेट अफ थिङ्गस् (IOT) भनिन्छ।
यसले मानव जीवनलाई सहज बनाउने र सामान्य अवस्थामै प्रयोग गर्न सकिने खालको हुने हुनाले यसलाई महत्त्वपूर्ण मानिन्छ। जस्तै स्मार्ट वाच (Smart watch) लाई आइ ओटी (IOT) को उदाहरणका रूपमा लीन सकिन्छ। जसले हाम्रो शरीरको अवस्थाबारे जानकारी दिन सक्छन्।
झ) मोबाइल कम्प्युटिङ्गका विभिन्न भागहरू लेख्नुहोस्।
उत्तर - मोबाइल कम्प्युटिङ्गका विभिन्न भागमा वर्गीकरण गरिएको छ, जुन निमनानुसार छन् -
- पिडिए (Personal Digital Assistant - PDA)
- स्मार्टफोन (Smart Phone)
- ट्याबलेट पिसि (Tablet-PC) / आइप्याडस् (I-Pads)
२. खाली ठाउँ भर्नुहोस् -
क) क्वान्टम कम्प्युटरमा सूचनाको सबैभन्दा सानो एकाइको रूपमा Qubits पर्दछ।
ख) भर्चुअल भनेको नजिक र Reality भनेको हामीले अनुभव गर्नु हो।
ग) Cloud Computing भन्नाले इन्टरनेटको सहयोगबाट प्रदान गरिने एक प्रकारको कम्प्युटिङ्ग सेवा हो।
घ) Artificial Intelligence (AI) को प्रयोगले आफै काम गर्न सक्ने, प्राकृतिक भाषा (Natural Language) बुझ्ने, परिस्थितिअनुसार निर्णय गर्ने सम्मको क्षमता राख्छ।
ङ) Government to Government (G2G) ले एउटा सरकार र अर्को सरकार बीच हुने अन्तरक्रिया वा सूचनाहरू आदानप्रदानलाई जनाउँछ।
च) हाम्रा दैनिकीलाई सहज बनाउन निर्माण गरिने डिभाइस वा सिस्टमको समष्टि गत नाम नै Internet of Things (IOT) हो।
३. उपयुक्त प्राविधिक शब्द लेख्नुहोस्।
क) इन्टरनेटका सहयोगबाट प्रदान गरिने एक प्रकारको कम्प्युटिङ्ग सेवा
उत्तर: Cloud Computing
ख) कम्प्युटर प्रणालीको विकाश जुन आफैँ आवश्यकता अनुरूप हामीले जस्तै काम गर्न सक्ने
उत्तर: Artificial Intelligence-(AI)
ग) सरकारले जनता वा सेवा ग्राहीलाई उपलब्ध गराउने आधारभूत सेवा तथा सुविधाहरू
उत्तर: Government to Citizens
घ) सरकार र व्यापारिक समुदाय बीच हुने लेनदेन
उत्तर: Government to Business (G2B)
ङ) एउटा सरकार र अर्को सरकार बीच हुने अन्तरक्रिया वा सूचनाहरू आदानप्रदान
उत्तर: Government to Government (G2G)
च) कुनै डिभाइस वा कुनै सेन्सर वा त्यस्तै प्रणाली आपसमा जोडिएर डेटा आदानप्रदान गर्न सक्छन् र कुनै तोकिएको काम गर्न सक्छन्।
उत्तर: Internet of Things (IOT)
४. विस्तृत रूप लेख्नुहोस्।
i) AI = Artificial intelligence
ii) VR = Virtual Reality
iii) E-Governance = Electronic Governance
iv) G2C = Government to Citizens
v) G2B = Government to Business
vi) G2G = Government to Government
vii) PDA = Personal Digital Assistant
viii) IOT = Internet of Things
ix) ATM = Automated Teller Machine
x) IAAS = Infrastructure As A Service
xi) PAAS = Platform As A Service
xii) SAAS = Software As A Service
५. सही उत्तर छान्नुहोस् :
क) आज हामी राम्रोसँग प्रयोग गर्न सकिने उपयोगी यन्त्रहरू :
- Smart Watch
- Smart phone
- Smart Tablet
- All of them ✅
ख) नेपालमा क्लाउड कम्प्युटिङ्ग सेवा प्रदायकले काम गरिरहेका छन् :
- Data Hub ✅
- Amazon Web Server
- Microsoft Azure IMB
- None of them
ग) आर्टिफिसियल इन्टेलिजेन्स् (Artificial Intelligence) को उदाहरण
- Decision-making
- Voice Recognition
- Visual Perception
- All of them ✅
घ) इ-गभरनेन्सका सेवाहरू
- C2C
- G2B ✅
- B2B
- B2C
ङ) मोबाइल कम्प्युटिङ्गमा समावेश भएको मुख्य अवधारणा
- E-Ticket
- ATM
- Mobile Software ✅
- None of them
प्राविधिक पारिभाषिक शब्दहरू
क) समसामयिक प्रविधि : पुरानो प्रविधिको विकाश स्वरूप आधुनिक प्रविधि
ख) क्लाउड कम्प्युटिङ्ग : इन्टरनेटमा आधारित एक नवीनतम प्रविधि
ग) कृतिम बुद्धि (AI) : कम्प्युटर प्रणालीको विकाश जुन आफैँ आवश्यकता अनुरूप गर्ने कार्य
घ) इ-गभरनेन्स (E-Governance) : इन्टरनेट मार्फत सरकारबाट अनलाइन सुविधा प्राप्त गर्ने कार्य
