Electronic Commerce: Advantage, Disadvantage and Limitation

Consumer rights and consumer protection act in Nepal in the field of Electronic Commerce.
Consumer rights and Consumer Protection Acts in Nepal for  awareness and protected tomorrow.

Electronic Commerce Questionares

१. तलका प्रश्नहरूको छोटकरीमा उत्तर दिनुहोस्

क) इ-कमर्स (E-Commerce) भनेको के हो? यसका कुनै दुई सेवाहरू लेख्नुहोस् ।

उत्तर: इ-कमर्स इन्टरनेट प्रयोग गरेर उत्पादन वा सेवाको व्यापार गर्नका लागी प्रयोग गरिने लोकप्रिय इन्टरनेट सेवा हो। इन्टरनेटमा प्रयोग गरिने कुनै पनि सामान किनबेचको प्रक्रियालाई इ-कमर्स (E-Commerce) भनिन्छ। यसका कुनै दुई सेवाहरू यस प्रकार छन्।

  1. इन्टरनेट मार्केटिङ्ग (Internet Marketing) र इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (Electronic Fund Transfer) मार्फत बस्तुको किनमेल
  2. शिक्षा सेवा प्रदान र बैंकका सेवाहरू लीन दिन सकिन्छ। 

Benefits of E-Commerce

ख) इ-कमर्स (E-Commerce) का चार ओटा फाइदा र बेफाइदाहरू उल्लेख गर्नुहोस्।

उत्तर- इ-कमर्सका फाइदाहरू

  1. घरमै बसेर कुनै पनि सामान किन्न वा बेच्न सकिन्छ।
  2. सजिलैसँग विभिन्न कम्पनीका सामान पाउन सकिन्छ।
  3. यसबाट व्यापार गर्न भौगोलिक सीमाले छेक्दैन।
  4. यसका लागि कुनै भौतिक कम्पनी खडा गर्नु पर्दैन।
  5. यसका सेवाहरू दिनरात सधैँ लीन सक्छौ।

इ-कमर्सका बेफाइदाहरू

  1. कुनै कम्पनीले क्रेता (Customer) लाई ठग्न सक्छ।
  2. कुनै पनि सामानको सत प्रतिशत ग्यारेन्टी हुँदैन।
  3. कुनै प्राविधिक समस्याले पुरै व्यापारलाई असर पर्दछ।
  4. यसमा क्रेता र कम्पनी बीच अन्तरक्रिया हुने मौका न्यून हुन्छ।

ग) इ-कमर्स (E-Commerce) का प्रकारहरू लेख्नुहोस्।

उत्तर- इ-कमर्स तिन प्रकारका हुन्छन् -

  1. B2B - Business to Business
  2. B2C - Business to Consumer
  3. C2C - Consumer to Consumer

घ) एम कमर्स (M-Commerce) भनेको के हो ? यसका महत् पूर्ण सेवाहरू लेख्नुहोस्।

उत्तर: कुनै सामानको किनबेच गर्नका लागि ताररहित (Wireless) ह्यान्डहेल्ड उपकरण (Handheld Devices) हरू मोबाइल, पिडिए (PDA-Personal Digital Assistant) ,ट्याबलेट (Tablet) आदी इन्टरनेटको प्रयोग गर्दै गरिने कारोबारलाई मोबाइल कमर्स (Mobile Commerce) वा एम कमर्स (M-Commerce) भनिन्छ। यसका महत्त्वपूर्ण सेवाहरू यस प्रकार छन् -

  1. मोबाइल मार्केटिङ्ग (Mobile Marketing)
  2. मोबाइल बैंकिङ्ग (Mobile Banking)
  3. मोबाइलबाट पैसा ट्रान्सफर (E-Transfer)
  4. इलेक्ट्रोनिक टिकट, बोर्डिङ्ग पास
  5. डिजिटल (Digital)सामाग्री खरिद बिक्री
  6. अनलाइन भुक्तानी
  7. दूरसञ्चार सेवाहरू रिचार्ज गर्ने, एकाउन्ट रिभ्यू (Accounts Reviews), आदी

ङ) बिजनेस-टु-बिजनेस (B2B-Business to Business) भनेको के हो? चित्रसहित उल्लेख गर्नुहोस्।

उत्तर: B2B (Business to Business) दुई कम्पनी बीच हुने व्यापार हो जसमा इन्टरनेटको प्रयोग हुन्छ। पहिलो कम्पनीले आफ्नो प्रोडक्ट (Product) इन्टरमिडियट बाएर (Intermediate Buyer) लाई बेच्छ र त्यसपछि उसले त्यही उत्पादन (Product)लाई कस्टोमर (Customer) लाई बेच्छ।

च) एम कमर्स (Mobile Commerce) का चारवटा फाइदाहरू र बेफाइदाहरू उल्लेख गर्नुहोस्।

Advantages of Mobile Commerce

उत्तर: एम कमर्स (Mobile Commerce) का फाइदाहरू

  1. मोबाइल कमर्स (Mobile Commerce) ले विश्वभरिका ग्राहकलाई सहज बनाउँछ।
  2. मोबाइल कमर्स (Mobile Commerce) ले ग्रामीण बजार खोल्छ।
  3. मोबाइल कमर्स (Mobile Commerce) ले ठुला ठूला बजारमा जानको लागि प्लेटफर्म प्रदान गर्दछ।
  4. मोबाइल कमर्स (Mobile Commerce) बाट व्यापार गर्दा रिमार्केट गर्न सजिलो हुन्छ।

Disadvantages of Mobile Commerce

एम कमर्स का बेफाइदाहरू

  1. मोबाइल कमर्स (Mobile Commerce) ले व्यक्तिगत सम्पर्कमा कमी ल्याउँछ।
  2. मोबाइल कमर्स (Mobile Commerce) मा सबैलाई प्रविधिको पहुँच आवश्यक छ।
  3. मोबाइल कमर्स (Mobile Commerce) मा एप वा वेबसाइट आवश्यक हुन्छ।

छ) अनलाइन भुक्तानी (Online Payment) भनेको के हो? नेपालमा पाइने अनलाइन कम्पनीहरू लेख्नुहोस्।

उत्तर: अनलाइन भुक्तानी (Online Payment) भनेको इन्टरनेटको सहायताले इ-कमर्समा आफ्नो रकम भुक्तानी दिने कार्य भन्ने बुझिन्छ। नेपालमा पाइने अनलाइन कम्पनीहरू यस प्रकार छन्-

  1. इ-सेवा नेपाल (E-Sewa Nepal)
  2. पे वे (Pay Way)

२. खाली ठाउँ भर्नुहोस् –

क) इन्टरनेट मार्फत गरिने अनलाइन (Online) व्यापार (Business) E-Commerce हो।
ख) म कमर्स (M-Commerce) मा प्रयोग हुने प्रविधि WAP-Wireless Application Protocol हो।
ग) Online Payment System इन्टरनेट मार्फत गरिने विधुतिय लेनदेन गर्न बनेको उत्तम प्रणाली हो।
घ) C2C-Consumer to Consumer मा हामीले आफ्नो घर, जग्गा, मोटर, बाइक, ल्यापटप, मोबाइल आदी बेच्न र किन्न सक्छौ।
ङ) नेपालमा E-Sewa Nepal पहिलो अनलाइन भुक्तानी प्रणाली हो।

३. उपयुक्त प्राविधिक शब्द लेख्नुहोस्

क) कुनै पनि सामान किनबेच गर्न प्रयोग गरिने विधुतिय सेवा
✍ E-Commerce
ख) दुई कम्पनी बीच हुने व्यापार जसमा इन्टरनेटको प्रयोग हुन्छ।
✍ B2B-Business to Business
ग) कम्पनीले आफ्ना उत्पादन, वस्तु वा सेवाहरू सिधैँ उपभोक्तालाई अनलाइन मार्फत बेच्ने प्रक्रिया
✍ B2C-Business to Consumer
घ) कुनै सामानको किनबेच गर्नका लागि ताररहित ह्यान्डहेल्ड उपकरण
✍ Mobile Commerce
ङ) एम कमर्स मा प्रयोग हुने प्रविधि
✍ WAP-Wireless Application Protocol
च) इन्टरनेटको सहायताले इ-कमर्समा आफ्नो रकम भुक्तानी दिने कार्य
✍ Online Payment
छ) नेपालमा पहिलो अनलाइन भुक्तानी प्रणाली
✍ E-Sewa Nepal

४. पूरा रूप लेख्नुहोस्-

  1. E-Commerce -> Electronic Commerce
  2. B2B -> Business to Business
  3. E-Ticket -> Electronic Ticket
  4. B2C -> Business to Consumer
  5. C2C -> Consumer to Consumer
  6. WAP -> Wireless Application Protocol
  7. M-Commerce -> Mobile Commerce

प्राविधिक पारिभाषिक शब्दहरू

क) इ-कमर्स (E-Commerce): ✍ कुनै पनि सामान इन्टरनेटमा बेच्ने र किन्ने कार्य
ख) बिजनेस-टु-बिजनेस (B2B): ✍ इन्टरनेटको प्रयोग बाट दुई कम्पनी बीच हुने व्यापार
ग) बिजनेस-टु-कन्जुमर (B2C): ✍ कम्पनीले गरेको उत्पादनलाई सिधा उपभोक्ता (Online) मार्फत बेच्ने कार्य
घ) कन्जुमर-टु-कन्जुमर (C2C): ✍ ग्राहकहरू बीच आफ्ना उत्पादनहरू सिधा बेच्ने र किन्ने कार्य
ङ) एम कमर्स (M-Commerce): ✍ ताररहित ह्यान्डहेल्ड उपकरणको प्रयोग गरि सामानको किन बेच गर्ने कार्य
च) अनलाइन भुक्तानी (Online Payment): ✍ इन्टरनेटको सहायताले इ-कमर्समा रकम भुक्तानी दिने कार्य
छ) इ-सेवा (E-Sewa Nepal): ✍ नेपालको पहिलो अनलाइन भुक्तानी प्रणाली

Comments

Popular posts from this blog

Ethical and Social Issues in ICT: Scopes of Social Media

Networking and Telecommunications Technology: Email Internet